ad ad

राजनीति


आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : नेकपाको आधिकारिकता टुंगो नलगाई कसरी निर्वाचन हुन्छ?

आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : नेकपाको आधिकारिकता टुंगो नलगाई कसरी निर्वाचन हुन्छ?

नेपालखबर
फागुन २, २०७७ आइतबार ९:४,

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावी तयारी गर्नुअघि पार्टीको आधिकारिकताको विवाद हल गर्नुपर्ने सुझाव दिएको छ। आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेकपाका नेताहरुले चुनावअघि पार्टीकाे आधिकारिकता विवाद हल हुनुपर्ने बताएका हुन्।

नेकपाका स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपाको आधिकारिकता विवाद हल नगरी निर्वाचन गर्न नहुने सुझाव आफूहरुले आयोगलाई दिएको बताए।

‘हामीले आयोगलाई नेकपाको आधिकारिता टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गर्‍यौं,’ पोखरेलले भने, ‘उहाँहरुले यसबारेमा जवाफ दिन्छौं भन्नुभयो।’

आयोगले बोलाएको छलफलमा स्थायी समिति सदस्य लिलामणि पोखरेल र कृष्णभक्त पोखरेल सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको अवस्थामा छ। पार्टीमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष दुवैले नेकपाको आधिकारिकता आफूहरुले पाउनुपर्ने जिकिर गरिरहेका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन पनि दिइसकेको छ भने आफूसँग ६४ प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै हस्ताक्षर समेत बुझाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .