राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

नेपालखबर
फागुन २, २०७७ आइतबार ५:९,

प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ।

आइतबार (आज) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा तेस्रो चरणको आन्दोलन घोषणा कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेता रिजालले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै घोषणा कार्यक्रममा उपस्थितिका लागि पत्रकारहरुलाई अनुरोध समेत गरेका छन्।

‘आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डॉडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ’, रिजालले ट्विटरमा लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड नेपाल समूह संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको छ।

नेकपाले यसअघि प्रतिनिधि सभा विघटनको विरोधमा केन्द्रीय सभादेखि वडा तहसम्म प्रदर्शन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad