राजनीति


ओलीको प्रतिगमनविरुद्ध सबै वर्ग र क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्छ : जोशी

ओलीको प्रतिगमनविरुद्ध सबै वर्ग र क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्छ : जोशी

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १२:३२,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भानुभक्त जोशीले प्रतिगमनविरुद्धको आन्दोलनमा सबै राजनीतिक क्षेत्रका मानिसलाई समेट्नुपर्ने बताएका छन्।

बझाङ– काठमाडौँ सम्पर्क मञ्च तथा अनेरास्ववियू बझाङ–काठमाडौँ सम्पर्क कमिटीले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध सबै क्षेत्र र वर्गलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन्।

प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले यो विषय नेकपाको मात्रै नभई सिंगो राष्ट्र र राष्ट्रवादीको विषय भएकाले देशव्यापी संघर्ष चर्काउनुपर्ने बताए।

उनले प्रतिगमन परास्त गर्र्ने संघर्षका कार्यक्रममा सहभागी हुन सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad