नेकपाका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उड्दै छन्।
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका अनुसार पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा अहिले ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका हुन्। उनी केही दिन दिल्लीमा रहने छन्।
पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन्।
पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन।
यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।
3
Shares

प्रतिक्रिया