प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवास परिसरभित्र छिरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो।

बिहीबार बिहानैदेखि सादा पोसाकका प्रहरील झाँक्रीको घर घेराऊ गरेर राखेको छ।
‘अहिले प्रहरी रामकुमारी झाँक्रीको निवास परिसरभित्रै छिरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत: केही बेरमा पक्राउ गर्ने सम्भावना छ।’
झाँक्रीले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्। सोही विषयलाई लिएर ओली नेतृत्वको नेकपाको महिला संगठनले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।
Shares

प्रतिक्रिया