राजनीति


महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन : अध्यागमन विभाग

महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन : अध्यागमन विभाग

नेपालखबर
माघ २९, २०७७ बिहिबार ४:२३,

जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक भ्रमणमा जान चाहने महिलाले परिवारको सहमति र वडा कार्यालयको सिफारिस लिनुपर्ने गरी आन्तरिक कार्यविधि संशोधन गर्न लागेको भनेर आएका खबर सत्य नभएको भन्दै अध्यागमन विभागले खण्डन गरेको छ।

विभागले बिहीबार विज्ञप्ति जारी गरी समाचारमा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्ना यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने विषयमा अनौपचारिक छलफल मात्र भइरहेको जानकारी दिएकाे हाे।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा हालसम्म कुनै निर्णय नभएको जानकारी गराउँदै यस्ता सार्वजनिक विषयहरूमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिको मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बेहोरोसमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

हेर्नुहोस्, विभागको विज्ञप्ति :

imipress

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad