राजनीति


ओलीले मन्त्री बनाएका दुई जना फर्कँदैछन् : प्रचण्ड

 ओलीले मन्त्री बनाएका दुई जना फर्कँदैछन् : प्रचण्ड

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:६,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री बनाएका दुई जना नेकपामा फर्कँनका लागि आफूसँग वार्ता गरिरहेको बताएका छन्।

 प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनका पक्षमा कोही पनि नरहेको भन्दै ओली समूह छाड्नेको संख्या बढ्दै गएको बताए।

‘प्रतिनिधि सभा विघटनको पक्षमा कोही पनि छैन, केपी ओलीलाई छोड्नेको लाम लाग्न थालेको छ’, प्रचण्डले भने, ‘दुई जना मन्त्री पनि फर्कंनका लागि मसँग वार्तामा छन्।’

उनले दुई मन्त्री फर्कंने बताए पनि को हुन भनेर नाम भने बताएनन्। पूर्व माओवादी समूहबाट ओली मन्त्रिमण्डलमा रहेका गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री टोपबहादुर रायमाझी असन्तुष्ट बनिरहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो खुलासा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad