राजनीति


ओलीलाई जवाफ दिँदै प्रचण्डले भने : देख्नुभो सभा कस्तो हुँदो रहेछ?

ओलीलाई जवाफ दिँदै प्रचण्डले भने : देख्नुभो सभा कस्तो हुँदो रहेछ?

नेपालखबर
माघ २८, २०७७ बुधबार ११:४५,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध प्रदर्शन र सभा कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरेका छन्।

 प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्ड–नेपाल समूहको माघ ९ गतेको सभामाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले २३ गतेको सभामा देखाइदिने बताएका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले सभा र विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आजको सभालाई हेर्न आग्रह गरेका हुन्।

‘केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छ? प्रदर्शन कस्तो हुन्छ?’, उनले भने।

यसअघि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीलाई सभा कस्तो हुन्छ भनेर हेर्न प्रदर्शनी केन्द्र आउन आग्रह गरे।

‘दरबारमार्ग अगाडि दुई/चार हजार मान्छे जम्मा गरेर केपी ओलीले भने–ल हेर्नुहोस् सभा कस्तो हुन्छ? म कास्टिङ गर्छु’, नेता खनालले भने, ‘केपी ओलीजी र ओलीका समर्थक साथीहरु, सभा कस्तो हुन्छ, आउनुहोस्, प्रदर्शनी सभामा आउनुहोस्, हामी देखाउन तयार छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .