नवौं चरणको सेनास्तरीय वार्तामा भएको सहमतिअनुसार विवादित पाङगोङ सो तालको इलाकाबाट भारतीय र चिनियाँ सेनाहरु फर्किन थालेको मन्त्रालयले बुधबार जानकारी दिएको हो।
तालको दक्षिणी र उत्तरी किनाराबाट दुवै देशका सेनाहरु फर्काइएको छ।
गत वर्षको जुन १५ मा गलवान उपत्यकामा भारत र चीनका सेनाबीच सीमाको विषयलाई लिएर झडप नै भएको थियो।
Chinese and #Indian border troops on the southern and northern shores of #Pangong Lake began disengagement as planned on Wednesday according to the consensus reached during the ninth round of military commander-level talks: China's Ministry of National Defense pic.twitter.com/Af6NhoFjz3
— Global Times (@globaltimesnews) February 10, 2021त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो। गलवान उपत्यकासँगै पाङगोङ सो ताल पनि विवादिन मानिन्छ, कारण दुवै देशले यो क्षेत्रहरु आफ्नो भएको दाबी गर्दछन्।
यो क्षेत्रमा दुवैले नियन्त्रणमा लिएको एलएसी छ। बारम्बर एलएसीको उल्लंघन भएको खबरबीच यतिबेला भारत र चीनका सेना विवादलाई साम्य बनाउने हिसाबले विवादित क्षेत्रबाट सेना फर्काउन सफल भएका हुन्।

प्रतिक्रिया