ad ad

राजनीति


प्रचण्ड–नेपालको विरोध सभा : मञ्चमा राखिएन सोफा

 प्रचण्ड–नेपालको विरोध सभा : मञ्चमा राखिएन सोफा

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:१४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुधबार राजधानीको भृकुटीमण्डपमा प्रतिनिधि सभा विघटनका विरोधमा विशाल जनसभा आयोजना गरेको छ।

आमसभाको तयारीका लागि अहिले मञ्च व्यवस्थापन लागयतका सबै काम सकिएको र केही बेरमै उपत्यकाका विभिन्न स्थानबाट जुलुस भृकुटीमण्डपमा आउने एक नेताले बताए।

May be an image of one or more people, people standing and outdoors

नेकपाले माघ ९ गते गरेको विरोधसभा गरिएकै स्थानमा आजको सभाको मञ्च तयार गरिएको छ। यसअघि मञ्चमा सोफा राखिएको भन्दै सर्वत्र विरोध भएपछि आज भने शीर्ष नेताहरुका लागि पनि मञ्चमा कुर्सीको व्यवस्था गरिएको छ।

यसअघि अध्यक्षद्वयले भिडियो सन्देश जारी गर्दै आफूहरु विगतका कमीकमजोरी सुधारेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए।

May be an image of standing, road and street

त्यस्तै नेकपाले विरोधसभाको समचार संकलन गर्न आउने पत्रकारका लागि कुर्सीको व्यवस्था गरेको छ। मञ्चको अग्रभागमा पत्रकारका लागि कुर्सीको व्यवस्था गरिएको हो।

आजको सभामा नेकपाले दुई लाख मान्छे उतार्ने दावी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .