ad ad

राजनीति


नेकपाको विरोधसभाका यी हुन् वक्ता, यसरी गरियो समावेशी छनोट

नेकपाको विरोधसभाका यी हुन् वक्ता, यसरी गरियो समावेशी छनोट

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:८,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बुधबार आयोजना गर्न लागेको विरोध सभामा सम्बोधन गर्ने वक्ताहरु तय गरेको छ।

नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार आज बोल्ने बक्ताहरुमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा रहेका छन्।

त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सो सभामा सम्बोधन गर्नेछन।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसविरुद्ध निरन्तर विरोध प्रदर्शन गर्दै आएको हो।

विरोध कार्यक्रमको दोस्रो चरणको विरोध सभा आज बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .