ad ad

राजनीति


राष्ट्रपति पदबाट हटेपछि बदलियो ट्रम्पको जीवन

राष्ट्रपति पदबाट हटेपछि बदलियो ट्रम्पको जीवन

नेपालखबर
माघ २७, २०७७ मंगलबार ११:५२,

अमेरिकामा जो बाइडेन राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल पूरा गरी ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट बिदा भएको धेरै दिन भइसकेकेको छ।

यही जनवरी २० तारिख बाइडेनको शपथ समारोहभन्दा केही घण्टाअघि ट्रम्प फ्लोरिडास्थित मार-ए-लागोस्थित आफ्नो घर गएका थिए। त्यस बेलादेखि उनी आफ्नो परिवारसहित त्यहीं बसिरहेका छन्।

अहिले उनी कस्ता छन् त?

ट्रम्पका पूर्वसल्लाहकारले ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘राष्ट्रपति पदबाट बाहिरिएपछि ट्रम्पको जिन्दगीमा धेरै परिवर्तन आएको छ।’

trumpkhusi

ट्रम्पका पूर्वअभियानका एक रणनीतिकारका अनुसार अमेरिकाकी पूर्वप्रथम महिला मेलानियालाई ट्रम्प ह्वाइट हाउसमा संघर्षका गरिरहेका बेलाभन्दा अहिले धेरै खुसी देखिएको महसुस भइरहेको छ। अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प आफ्नो ट्विटर अकाउन्ट नभएका कारण पनि अहिले निकै खुसी छन्।

सन्डे टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पका विश्वसनीय पात्र एवं अभियान प्रबन्धक रहेका जेसन मिलरले  आफूविरुद्ध महाभियोग प्रस्ताव अघि बढाइएको भए पनि धेरै वर्षपछि पहिलोपटक ट्रम्पको अनुहार निकै उज्यालो देखिएको बताएका छन्।

trumpujyalo

मिलर भन्छन्, ‘अमेरिकाको इतिहासमा जम्मा ४५ जनालाई मात्र थाहा छ, पूरै विश्वको बोझ काँधमा बोक्नुपर्दा कस्तो हुन्छ? जब ४ वर्षपछि पहिलोपटक ती कुनै पनि जिम्मेवारीबाट मुक्त हुँदा कति शान्तिको सास फेर्न पाइएला?’

मिलरका अनुसार ट्रम्पले भनेका छन्, ‘सामाजिक सञ्जालमा नहुँदा कुनै विवाद र घृणाको पात्र बन्न नपर्ने अवस्था हुन्छ, वास्तवमा निकै राम्रो कुरा हो।’ ट्रम्पको ट्विटर हुँदा ८ करोड ८० लाख फलोअर्स थिए। तर जब जनवरी ६ मा अमेरिकी संसद् भवनमा ५ जनाको ज्यान जाने गरी उनका समर्थकले हमला गरे, त्यसपछि ट्रम्पले हिंसालाई प्रोत्साहन दिने खालका पोस्ट गरेको भन्दै ट्विटरले केही हप्ताअघि उनको ट्विटर खाता नै बन्द गरिदिएको हो।

मिलरका अनुसार नयाँ माहोलमा ट्रम्पकी पत्नी मेलानियासमेत खुसी छिन्। उनी भन्छिन्, ‘उनी देख्दा मलाई निकै आनन्द महसुस हुन्छ, किनकि उनी अहिले निकै खुसी छन् भने पहिलेभन्दा धेरै रमाइलो पनि गरिरहेका छन्।’

trumpdampatii

ह्वाइट हाउसको बिदाइका बेला ट्रम्पसँगै रहेका मिलरका अनुसार त्यस बेला ट्रम्प एकदम राम्रो मुडमा थिए र पूरै वातावरण भावनात्मक बनेको थियो। धेरै मानिस दुःखी बनेका थिए तर उनीहरू यसकारण गर्व महसुस गरिरहेका थिए कि अमेरिकाको इतिहासमा ट्रम्पको कार्यकाल सबैभन्दा बढी सफल रह्यो।

trump27

मिलर भन्छन्, ‘उहाँ (ट्रम्प) आफूविरुद्धको महाभियोग प्रमाणित हुँदैन भन्ने कुरामा पूरै विश्वस्त हुनुहुन्छ। उहाँ दोषी साबित हुने कुनै सम्भावना छैन। यसकारण हामी कुनै किसिमको दबाब महसुस गरिरहेका छैनौैं।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .