राजनीति


भारतका मन्त्री भीके सिंह भन्छन्ः चीनभन्दा बढी भारतले एलएसीको उल्लंघन गरेको छ

भारतका मन्त्री भीके सिंह भन्छन्ः चीनभन्दा बढी भारतले एलएसीको उल्लंघन गरेको छ

नेपालखबर
माघ २७, २०७७ मंगलबार १०:३८,

लद्दाखमा जारी सीमा विवाद अन्त्य गर्ने विषयमा हाल दुवै देशका सेनाबीच छलफलको क्रम जारी छ। हालै ९ औं चरणको वार्ता सम्पन्न भएको थियो।

यसबीचमा चीनको विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले भारतले एलएसीको उल्लंघन गरेकै कारण विवाद जारी रहेको बताएका हुन्।

हालै भारतका केन्द्रिय सडक यातायात मन्त्री भीके सिंहले चीनले एलएसीको उल्लंघन १० पटक गरेको भए भारतले कमसेकम ५० पटक एलएसीको उल्लंघन गरेको बताएका थिए।

सिंह भारतीय सेनाका पूर्व जनरल पनि हुन्। उनले भारतले चीनले भन्दा बढी एलएसीको उल्लंघन गरेको बताएसँगै चिनियाँ विदेशमन्त्रीका प्रवक्ताले भारतकै कारण सीमा विवाद भएको बताएका हुन्।

प्रवक्ता वाङ वेनबिन

गत वर्षको जुन महिनामा गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। दुवै देशका सेनाले एकअर्कालाई एलएसीको उल्लंघन गरेको आरोप लगाएका थिए।

हालसम्म पनि यी दुई देशको सीमा विवाद समाधान हुन सकेको छैन। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad