राजनीति


सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न : अहिले चुनावको वातावरण छ र?

सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न : अहिले चुनावको वातावरण छ र?

नेपालखबर
माघ २५, २०७७ आइतबार ७:३८,

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे सरकारी वकिललाई प्रश्न गरेका छन्।

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै अहिले त्यस्तो वातारवण छ र? भन्दै प्रश्न गरेका हुन्।

महान्यायाधीवक्ताको कार्यालयका वकिल श्याम भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ र?’

जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए।

आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ। त्यसपछि प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad