राजनीति


अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थी असुरक्षित रहेको भन्दै चीनले जारी गर्‍याे दोस्रोपटक चेतावनी

अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थी असुरक्षित रहेको भन्दै चीनले जारी गर्‍याे दोस्रोपटक चेतावनी

नेपालखबर
माघ २५, २०७७ आइतबार ६:३४,

पछिल्लो एक वर्षयता अस्ट्रेलिया र चीनबीच बिग्रिरहेको सम्बन्धको सीधा असर अस्ट्रेलियामा अध्ययरत चिनियाँ विद्यार्थीको भविष्यमा परेको छ।

अस्ट्रेलियामा चीनविरोधी माहोल, चिनियाँ विद्यार्थीविरुद्ध भइरहेका हमला र कोरोना महामारीलाई विचार गरी चीनको शिक्षा मन्त्रालयले अस्ट्रेलियामा अध्ययनरत चिनियाँ छात्र–छात्राको सुरक्षाका लागि पुनः चेतावनीपत्र जारी गरेको हो।

मन्त्रालयले चिनियाँ विद्यार्थीलाई अस्ट्रेलिया जानुअघि एकपटक त्यहाँ व्याप्त चीनविरोधी मानसिकता र जोखिमप्रति ध्यान दिन आग्रह गरेको हो।

उल्लेखनीय के छ भने हाल अस्ट्रेलियाका धेरै स्थानमा चिनियाँ विद्यार्थीििवरुद्ध हमला भइरहेका छन्, जसका कारण उनीहरूको व्यक्तिगत सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ।

सन् २०२० जुनमा अस्ट्रेलियमा रहेका आफ्ना विद्यार्थीको सुरक्षाबारे पहिलो चेतावनी जारी गरेको चीनले अहिले पुनः अर्काे चेतावनी जारी गरेको हो।

चिनियाँ विज्ञका अनुसार चीन सरकारले लगातार जारी गरिरहेका चेतावनीले अस्ट्रेलियासँग सम्बन्ध बिग्रिरहेको कुरा देखाउँछ।

अस्ट्रेलिया र त्यहाँका सञ्चामाध्यम आफूविरुद्ध लागिरहेको चीनको आरोप छ। अस्ट्रेलियाली सरकारले चीनविरुद्ध गरिरहेको हमलामा त्यहाँका सञ्चारमाध्यमको अहम् भूमिका रहेको बताइएको छ।

खासगरी कोरोना महामारीयता अस्ट्रेलियाली नागरिक चीनको तीव्र विरोधमा उत्रिएका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad