सुनको मूल्य फेरि बढेको छ। शुक्रबार ९० हजार प्रतितोला मूल्यमा कारोबार भएको छापावाल सुन आइतबार ९० हजार ६ सय रुपैयाँ पुगेको हो।
त्यस्तै तेजाबी सुन पनि शुक्रबारको तुलनामा सोही दरमा बढेर आज आइतबार ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
चाँदी पनि आज २० रुपैयाँ महंगो भएर १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय १४ दशमलव २५ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया