म्यानमारको सैनिक सरकारले फेसबुकपछि इन्स्टाग्राम र ट्विटर पनि बन्द गराएको छ।
त्यहाँ रहेका बीबीसीमा आबद्ध नेपाली पत्रकार दीपक भट्टराईका अनुसार शुक्रबार रातिदेखि इन्स्टाग्राम र ट्विटर पनि बन्द गराइएको हो।
उनले लेखेका छन्, ‘भीपीएनमार्फत पहिलो ट्विट। भीपीएन कुन बेलादेखि अवैध घोषणा गरिदिने हुन् !’
उनका अनुसार त्यहाँ टीभी, रेडियो, पत्रिका पहिलेदेखि नै बन्द छन्।
पत्रकार भट्टराईले लेखेका छन्, ‘बर्मेली (म्यानमारका) नागरिक संसारसँग बेखबर भएका छन्।’
म्यानमारमा गत सोमबारदेखि सैनिकले सत्ता आफ्नो हातमा लिएको हो। त्यहाँकी नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीसहित सबै प्रजातान्त्रिक नेतालाई सैनिकले नजरबन्दमा राखेको छ।
प्रतिक्रिया