ad ad

राजनीति


राजतन्त्रजस्तै ओलीको अन्त्यको साक्षी पनि नारायणहिटी बस्नेछ : योगेश भट्टराई

राजतन्त्रजस्तै ओलीको अन्त्यको साक्षी पनि नारायणहिटी बस्नेछ : योगेश भट्टराई

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १२:४५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशलाई गृहयुद्धमा धकेल्न उद्दत भएको आरोप लगाएका छन्।

शुक्रबार नेकपा प्रचण्ड–माधव समूहले धादिङवेसीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता भट्टराईले देश स्थायी शान्तिपूर्ण रुपमा अगाडि बढेका बेला प्रधानमन्त्री ओलीले संविधान च्यातेर देशलाई गृहयुद्धमा धकेलेको आरोप लगाए।

उनले ओली समूहले नारायणहिटी पुगेर अस्तित्व नै मेटिएको राजतन्त्रको प्रतात्मा जगाउने प्रयत्न गरेको बताए।

उनले नारायणहिटी शाहवंशीय राजतन्त्रको अन्त्यको साक्षी बसेको भन्दै ओलीको अन्त्यको साक्षी पनि बस्ने बताए। उनले ओलीलाई पमण्डलेहरुले साथ दिइरहेको र ओलीका कार्यकर्ताको शैली पनि मण्डले नै भएको बताए।

‘जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि साक्षी बस्नेछ’, भट्टराईले भने।

उनले ज्ञानेन्द्रको झल्को दिनेगरी ओलीका कार्यकर्ताहरु फोटो बोकेर आई लभ यू भन्दै सहर घुमिरहेका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .