ad ad

खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : होराइजनलाई उपाधि

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : होराइजनलाई उपाधि

प्रकाश न्यौपाने
माघ २३, २०७७ शुक्रबार १२:३५,

सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो। उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो।

प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए।

सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १४८ रन बनायो। उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए। बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो। उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए।

बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३/३ विकेट लिए। सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो। धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो। होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए।

विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गरे। पूर्वराष्ट्रि क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .