राजनीति


कोरोनाबाट थप दुईको मृत्यु, १०५ संक्रमित थपिए, २७२ निको भए

कोरोनाबाट थप दुईको मृत्यु, १०५ संक्रमित थपिए, २७२ निको भए

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ११:२५,

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना संक्रमणबाट निधन भएको छ।

स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ को मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृतयु हुनेको संख्या २१ सय ८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७९९ जनाको नमुना परीक्षण गर्दा थप १०५ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ भने आज देशभर २ हजार १०८ जना सक्रिया संक्रमित रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७२ जना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad