राजनीति


ओली समूहको आमसभा सुरु, प्रधानमन्त्री सभास्थल पुग्दा कार्यकर्ताको जयजयकार

ओली समूहको आमसभा सुरु, प्रधानमन्त्री सभास्थल पुग्दा कार्यकर्ताको जयजयकार

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ७:४७,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा सुरु भएको छ।

शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो।

olisava123

सभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्दा कार्यकर्ताले उनको पक्षमा जयजयकार गरेका थिए। आस्थाका धरोहर, राष्ट्रनायक केपी ओली जिन्दावाद भन्दै नारावाजी समेत गरेका थिए।

darbarsava

प्रधनामन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा पगेको छ। पार्टी र संसदमा अल्पमतमा परेपछि ओलीले आफूलाई जनताको समर्थन रहेको देखाउन राजधानीमा पहिलोपटक बृहत सभा गरेको हो।

सभामा बागमती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ताका साथमा देशभरका नेता कार्यकर्ता सहभागी छन्।

darbarsava3

darbarsava12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad