अटो


टेस्लाले चीनमै थाल्यो १५ मिनेट चार्ज गर्दा २५० किमि यात्रा गर्न सकिने सुपरचार्जरको उत्पादन

टेस्लाले चीनमै थाल्यो १५ मिनेट चार्ज गर्दा २५० किमि यात्रा गर्न सकिने सुपरचार्जरको उत्पादन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ७:२३,

टेस्ला चाइनाले चीनकै कारखानाबाट सुपरचार्जरको उत्पादन सुरु गरेको छ।

यससम्बन्धी कारखाना चीनको सांघाईमा छ। सन् २०२० मा खोलिएको कारखानाले गत बुधबारदेखि उत्पादन थालेको हो।

६५ करोड अमेरिकी डलर लगानी भएको उक्त कारखानाको वार्षिक उत्पादन क्षमता १० हजार सुपरचार्जर बनाउने छ। ५ हजार वर्गमिटरमा उक्त कारखाना फैलिएको छ।

यो कारखानाबाट विशेषगरी भी३ मोडलका सुपरचार्जर उत्पादन हुन्छ।

यो सुपरचार्जरले १५ मिनेटमै २५० किमि यात्रा गर्न पुग्ने गरी कारको चार्ज हुन्छ।

यसअघि चीनमा अमेरिकामै उत्पादन भएका सुपरचार्जर आयात गरेर प्रयोग गरिन्थ्यो।

चीनमा टेस्लाले ७३० सुपरचार्जिङ स्टेसन खोलिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad