मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ स्थित क्विक-२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ।
रौतहटको देवाही नगरपालिका-९ घर भएका ४२ वर्षीय विनोद यादवको पार्टी प्यालेसको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए।
शुक्रबार बिहान ६ः१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक यादवले क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया