राजनीति


हामी मुठभेड चाहँदैनौँ : वर्षमान

 हामी मुठभेड चाहँदैनौँ : वर्षमान

नेपालखबर
माघ २२, २०७७ बिहिबार ६:३०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले आफूहरुको आमहड्ताल शान्तिपूर्ण रुपमा सम्पन्न हुने दावी गरेका छन्।

 नेकपा आमहड्तालको चाबाहिल क्षेत्रको नेतृत्व गरिरहेका नेता पुनले शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरे आफूहरुलाई सह्य नहुने बताए। उनले सरकार जनतादेखि आतंकित बनेको र मुठभेड निम्त्याउन खोजेको भन्दै उनले आफूहरुले मुठभेड नचाहेको बताएका हुन्।

‘सरकार आतंकित छ। जनतासँग आतंकित हुनु निरंकुश सरकारको विशेषता नै हो’, पूर्वमन्त्री समेत रहेका पुनले भने, ‘हामी मुठभेड चाहँदैनौँ। प्रहरी मुठभेड चहान्छ भने त्यो उसको कुरा हो।’

नेता पुनले सरकारले एकपछि अर्को गर्दै संविधान विरोधी काम गर्दै गएको बताए। उनले संविधानको उल्लंघन रोक्नका लागि आमहड्ताल गर्नु परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad