राजनीति


सर्लाहीमा पनि मशाल जुलुश प्रदर्शन

सर्लाहीमा पनि मशाल जुलुश प्रदर्शन

नेपालखबर
माघ २१, २०७७ बुधबार १३:५२,

आन्दोलनरत नेकपाले बुधबार साँझ सर्लाहीका विभिन्न स्थानीय तहमा मशाल जुलुश प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बिहीबारको लागि आह्वान गरेको आमहड्तालको पूर्व सन्ध्यामा सर्लाहीमा पनि मशाल जुलुस प्रदर्शन गरिएको हो।

हरिवनमा आयोजित मशाल जुलुशको नेतृत्व नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी, प्रदेश सांसद डिल्ली उप्रेती लगायतले गरेका थिए। जुलुशमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारावाजी गरेका थिए।

मशाल जुलुशपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य डिल्ली उप्रेतीले संसद पुनस्र्थापनाबिना मुलुकको संकट समाधान नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad