सैनिकले सत्ता हत्याएको म्यानमारमा कर्फ्यु घोषणा गरिएको छ।
त्यहाँ रहेका नेपाली पत्रकार दीपक भट्टराईले केही बेरअघि दिएको जानकारीअनुसार सैनिक सरकारले देशभर नै आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो।
हिजो बिहान झिसमिसे अगाडि नै नियन्त्रणमा लिइएका धेरै सांसदलाई राजधानी नेपिद्अबाट अब घर जाउ भनेर फर्काइएको पत्रकार भट्टराईले बताएका छन्।
उनका अनुसार ९८ प्रतिशत सांसदको नेपिद्अमा घर छैन। उनीहरू सरकारी आवासमा बस्थे।
याे पनि : तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी
3
Shares

प्रतिक्रिया