ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षले भन्यो: नेकपा विभाजनको विवाद निरुपण नभई निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन

प्रचण्ड–नेपाल पक्षले भन्यो: नेकपा विभाजनको विवाद निरुपण नभई निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन

मणि दाहाल
माघ २०, २०७७ मंगलबार ६:४५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले नेकपा विभाजनको विवाद नसुल्झाइकन निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन्।

पार्टी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित आज मंगलबार निर्वाचन आयोगमा बहुमतका आधारमा पार्टीको आधिकारिकताको दाबी गर्न आयोग पुगेका नेताहरुले सो धारणा व्यक्त गरेका हुन्।

आयोग पुगेका वरिष्ठ नेता झलनाथ खनालले बहुदलीय व्यवस्थामा दलहरुको विवाद नसुल्झाइकन निर्वाचन हुन नसक्ने बताए।

‘हामी बहुदलीय व्यवस्थामा छौं त्यसैले दलसम्बन्धी रहेका विवाद निरुपण नभई निर्वाचन हुन सक्दैन किनभने निर्वाचनका मुख्य खेलाडी नै दलहरु हुन्,’ निर्वाचन आयोगको परिसरमै खनालले भने, ‘दलहरुको विवाद निरुपण गर्नु पहिलो काम हो, त्यसरी नै आयोगले काम गर्दैछ भन्नेमा हामी विश्वस्त छौं।’

यो पनि : नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव

आयोग पुगेका स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले संसदको ६४ प्रतिशत अर्थात १७४ सिट भएको दलको विवाद निरुपण नगरी निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए।

‘निर्वाचनका प्रमुख खेलाडी नै राजनीतिक दलहरु हुन्, त्यसमा प्रमुख खेलाडी नै नभई कसरी निर्वाचन हुनसक्छ?’ उनले भने।

२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन हुँदा दलहरुबीचका विवाद समाधान र उनीहरुका माग संवोधन गर्नका लागि तीन पटक निर्वाचन सारिएको प्रसंग उल्लेख गर्दै उनले दलको विवाद सुल्झाउनु नै पहिलो काम हुनुपर्ने बताए।

सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश नदिए पनि संसद पुनर्स्थापना हुने कि नहुने भन्ने विषयमै अदालतमा बहस भइरहेका कारण पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने पाण्डेको भनाइ थियो।

यो पनि:
प्रचण्ड–नेपालसहित आयोग पुगेका नेताहरुले दाबी गरे बहुमतका आधारमा नेकपाको आधिकारिकता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .