राजनीति


प्रचण्ड–नेपालसहित आयोग पुगेका नेताहरुले दाबी गरे बहुमतका आधारमा नेकपाको आधिकारिकता

प्रचण्ड–नेपालसहित आयोग पुगेका नेताहरुले दाबी गरे बहुमतका आधारमा नेकपाको आधिकारिकता

नेपालखबर
माघ २०, २०७७ मंगलबार ६:२३,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजनीतिक दलसम्बन्धी नयाँ दफाअनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ।

आज मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगी सो दाबी गरेका हुन्।

यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार आफूहरु आधिकारिक भएको भनी प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष दुवैगरीले गरेको दाबी अस्वीकार गरेपछि आज मंगलबार प्रचण्ड–नेपाल पक्षले सो ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको नाम र सूर्य चिन्हमा दाबी गरेको हो।

Nekapa netaharu NirbachanAyogMagh20

सो दफाअनुसार बहुमत जुन पक्षमा छ सोहि पक्षले आधिकारिकता पाउने हुँदा आफूहरुले नै पार्टीको आधिकारिकता पाउनेमा कुनै द्विविधा नरहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताए।

निर्वाचन आयोग पुगेका स्थायी समिति सदस्य राजेन्द्र पाण्डेका अनुसार उनीहरुले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर आयोगलाई बुझाएका छन्।

‘निर्वाचन आयोगले नेकपाको ४४१ सदस्यीय कमिटी नै आधिकारिक हो भनेपछि हामीले सोहि कमिटीका २७५ जनाको हस्ताक्षर बुझाएका छौं,’ पाण्डेले भने।

यो पनि: नयाँ दफाअनुसार नाम र सूर्य चिन्ह दाबी गर्न आयोग जाँदै प्रचण्ड–नेपाल पक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .