राजनीति


वार्ताको चर्चा चलिरहेकै बेला मन्त्री थापाले नख्खु पुगेर भेटे विप्लव नेता

वार्ताको चर्चा चलिरहेकै बेला मन्त्री थापाले  नख्खु पुगेर भेटे विप्लव नेता

नेपालखबर
माघ २०, २०७७ मंगलबार ६:२०,

खानेपानी मन्त्री मणि थापाले सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’सँग भेटवार्ता गरेका छन्।

मन्त्री थापाले मंगलबार बिहान नख्खु कारागर पुगेर नेता वलीसँग भेटवार्ता गरेको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापा खानेपानीको अनुगमनका लागि नख्खु पुगेको र सोही  अवसरमा उनीहरुबीच भेटवार्ता भएको गौतमले जानकारी दिए। मन्त्री थापालाई नेता वलीले जेलमा स्वागत गरेका थिए।

‘आज बिहान नख्खु जेलमा खानेपानीको अवस्था बुझ्न जाने क्रममा विप्लव नेता हेमन्तप्रकाश वलीसँग मन्त्रीज्यूको भेट भएको हो,’ गौतमले नेपालखबरसँग भने। वलीसँग मन्त्री थापाले केहीबेर संवाद गरेको गौतमले बताए।

‘उहाँहरुबीच केहीबेर कुराकानी भयो, खासमा कारागारमा खानेपानीको अवस्थाकै विषयमा कुराकानी भएको हो,’ गौतमले थपे।

गौतमले मन्त्री थापाले वलीलगायत अन्य कैदीबन्दीसँग समेत भेट गरेको बताए। ‘मन्त्री थापाले वलीसहित कैदी जीवन विताइरहेका अन्य केही व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नुभएको छ’, गौतमले भने।

No description available.

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला मन्त्रीले जेलमै पुगेर विप्लवका नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकार र समूहबीच वार्ता गराउनको लागि खानेपानी मन्त्री थापाले सक्रियता देखाइरहेका छन्।

मन्त्री थापा र नेता वली दुवै पूर्वमाओवादी हुन्। माओवादी विभाजनपछि नेता वली विप्लव समूहमा लागेका हुन्। थापापछिल्लो समय प्रचण्डको साथ छाडेर ओली समूहमा गएर मन्त्री बनेका छन्।

नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा २०७५ चैतको पहिलो हप्ता वली काभ्रेबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, उनलाई नख्खु कारागार चलान गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad