राजनीति


चीनसँग टक्कर परिरहेका बेला भारतलाई अमेरिकाले दिँदै अत्याधुनिक युद्ध विमान

चीनसँग टक्कर परिरहेका बेला भारतलाई अमेरिकाले दिँदै अत्याधुनिक युद्ध विमान

नेपालखबर
माघ १९, २०७७ सोमबार २३:४७,

चीनसँग टक्कर परिरहेका बेला भारतलाई अमेरिकाले आफ्नो सबैभन्दा अत्याधुनिक युद्ध विमान दिने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मित्रताको संकेतस्वरूप अमेरिकी सरकारले भारतको वायु सेनालाई एफ–१५ शृंखलाको सबैभन्दा नयाँ स्वरूपको एफ–१६ ईएक्स दिने सहमति गरेको हो।

उक्त विमान बहुपयोगी हुनाका साथै हरेक मौसम तथा रातमा समेत हमला गर्न सक्षम छ।

बोइङ इन्टरनेसनल सेल्स एन्ड इन्डस्ट्रियल पार्टनरसिपकी उपाध्यक्ष मारिया एच लैनेका अनुसार यस विषयमा दुई देशका सरकारबीच छलफल भयो भने दुई देशका वायुसेनाले पनि एफ–१५ ईएक्सबारे सूचना आदानप्रदान गरे।

उनका अनुसार भारतलाई एफ–१५ ईएक्स विमान दिन लाइसेन्ससम्बन्धी हाम्रो अनुरोधलाई अमेरिकी सरकारले स्वीकार गरेको छ। बंगलुरुमा आगामी हप्ता सुरु हुने एयर इन्डिया २०२१ मा एफ–१५ईएक्स विमान प्रदर्शन गरिने बोइङले जनाएको छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad