ad ad

राजनीति


वागमतीका प्रदेश सांसदले गरे संसद भवनबाहिर नाराबाजी (भिडिओ)

वागमतीका प्रदेश सांसदले गरे संसद भवनबाहिर नाराबाजी (भिडिओ)

नेपालखबर
माघ १९, २०७७ सोमबार ६:३२,

प्रदेश सभा बैठक स्थगित गरेको विरोधमा वागमती प्रदेशका सांसदहरुले संसद् भवन बाहिर नाराबाजी गरेका छन्।

सोमबार बिहान हेटौंडामा रहेको प्रदेश संसद् भवनबाहिर धर्ना र जुलुस गरेर पत्रकार सम्मेलन गरेको प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए।

उनीहरुले संसदलाई बन्धक बनाउन पाइँदैन भन्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘अल्पमतकाे सरकार राजीनामा दे’, ‘प्रदेश सभा सुचारू गर’, ‘प्रदेश सभा राेक्न पाइँदैन’, ‘अल्पमतकाे सरकार चाहिँदैन’ लगायतका नारा लगाएका थिए। 

‘नेपाली कांग्रेसको समर्थनमा हामीले नारा जुलुस गरेका हौँ’, नेकपाका सांसद महर्जनले नेपालखबरसँग भने।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूची थियो।

तर आजका लागि बोलाइएको संसद बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति नै स्थगित गर्ने निर्णय गरेको विरोधमा सांसदहरु असन्तुष्ट भई नारा जुलुस गर्नुपरेको विरोध गरिरहेका सांसदहरुले बताएका छन्।

सभामुख श्रेष्ठले फागुन ५ गतेका लागि बैठक बोलाएका छन्।

यो पनि –
बागमती प्रदेश सभा बैठक फागुन ५ सम्म स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव धकेलियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .