कक्षा १२ को परीक्षाफल आज (सोमबार) प्रकाशन हुने भएको छ।
त्यसका लागि अहिले बैठक राखिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कोरोना महामारीका कारण गत मंसिरमा मात्र कक्षा १२ को परीक्षा गरिएको थियो।
जसमा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी भएका थिए।
नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायत प्रमाणपत्र दिनेछ। विश्वविद्यालयहरूले यसअघि नै स्नातक तहमा भर्ना खोलिसकेका छन् ।
प्रतिक्रिया