ad ad

राजनीति


प्रधानमन्त्रीले आज देशकै ठूलो ढल्केवर विद्युत् सवस्टेशनको उद्घाटन गर्ने

प्रधानमन्त्रीले आज देशकै ठूलो ढल्केवर विद्युत् सवस्टेशनको उद्घाटन गर्ने

नेपालखबर
माघ १९, २०७७ सोमबार २:५९,

धनुषाको ढल्केवरमा निर्माण गरिएको देशकै सबैभन्दा ठूलो विद्युत् सवस्टेशनको उद्घाटन आज हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच सोमबार दिउँसो सवस्टेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरमा निर्माण गरिएको यो सवस्टेशन देशको हालसम्मकै ठूलो क्षमताको सवस्टेशन हो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी पनि सहभागी हुने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए।

नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका मेयर महतोका अनुसार प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत बिहान ११ बजे ढल्केवर आइपुग्ने कार्यक्रम छ। ओलीले सवस्टेसन को उद्घाटनसँगै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको महतोले बताए।

ढल्केबर सबस्टेशनमा हाल १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

प्राधिकरणका अनुसार ४०० र २२० केभी क्षमताको सवस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्ने क्षमता राख्छ।

सवस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .