राजनीति


सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदकतर्फकाे बहस सकिँदै

सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदकतर्फकाे बहस सकिँदै

नेपालखबर
माघ १८, २०७७ आइतबार ८:१५,

गत पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।

विघटनविरुद्ध १३ रिट परेका थिए। त्यसमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।

सुरुमा रिट निवेदनको पक्षमा अधिवक्ताहरुले बहस गर्दै आएकामा आजदेखि रिट निवेदन पक्षको बहस सकिने भएको हो।

योसँगै अब सरकार पक्षको अर्थात् रिटको विपक्षमा बहस आजै वा भोलिबाट सुरु हुनेछ।

आज ११ अधिवक्ताले रिट निवेदनको पक्षमा बहस गरेका हुन्।

आजको बहसमा अधिवक्ताहरु गोपाल दत्त पाण्डे, अमिता गौतम पौडेल, कृतिनाथ शर्मा पौडेल, खडानाथ कँडेल, खिमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल र लोकेन्द्र ओलीलगायतले बहस गरेका हुन्।

रिट निवेदक तुलसी सिम्खडा अधिवक्ताको बहस बाँकी छ। सिम्खडाको बहस अहिले ‘टि ब्रेक’पछि सुरु हुनेछ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad