राजनीति


धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो)

धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो)

नेपालखबर
माघ १७, २०७७ शनिबार ८:२४,

प्रतिनिधि सभा विघटनविरुद्ध सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले विरोध प्रदर्शन गरेको छ।

 शनिबार दिउँसो नेकपाले धनगढीमा शक्ति प्रदर्शन गरेको हो।

शक्ति प्रदर्शनपछि आयोजित सभालाई अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावल लगायतको नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो।

सभाअघि प्रचण्ड–नेपाल धनगढीको चौराहा र क्याम्पस रोडबाट र्‍याली निकालिएको थियो। र्‍यालीको नेतृत्व नेता भीम रावलले गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले पहिलो पटक धनगढीमा बृहत विरोध सभाको आयोजना गरेको हो।

दुवै जना धनगढीमा पुगिसकेपछि सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो। उक्त र्‍यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए।

 यसअघि नेकपाले बिहीबार बुटवल र शुक्रबार विराटनगरमा विरोधसभा आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad