प्रदेश २ मा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबादेखि सुरु भएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो कोरोना खोप लिँदै खोप कार्यक्रमको उद्घाटन गरेका हुन्।
प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा मन्त्री यादवले खोप लिएका हुन्। उनलाई कोरोना संक्रमण समेत भएको थियो।
यससँगै प्रदेश २ को आठवटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो।
अभियानको उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्यकर्मीको सल्लाह अनुसार नडराई ढुक्क भएर खोप लिन सबैसँग आग्रह गरेका छन्।
खोपको कुनै साइड इफेक्ट नभएका बताउँदै उनले कोरोना अन्त्यको एकमात्र विकल्प कोरोना खोपन नै रहेको बताए।
3
Shares
प्रतिक्रिया