राजनीति


प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्न थाले : कांग्रेस

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्न थाले : कांग्रेस

नेपालखबर
माघ १३, २०७७ मंगलबार १३:४,

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली पदको गरिमा राख्न असफल भएको निष्कर्ष निकालेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले अदालतमा विचाराधीन मुद्दालाई समेत तमासा भनेर ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र पत्रकारकारमाथि गरेकाे अशोभनीय टिप्पणीले ओली प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

त्यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको कांग्रेसको ठहर छ।

सोमबार नागरिक अगुवाले प्रतिनिधि सभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिँदै विरोध गरेको पनि प्रवक्ता शर्माले बताए। बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको उनको भनाइ छ।

मंगलबारको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा माघ १९ गते पार्टी निकट भातृ संस्थाले, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको छ। 

याे पनि : प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्‍यो आन्दोलन, ३० गते देशभर प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad