प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारमा रहुन्जेल आफूले प्रधानमन्त्रीलाई कहिल्यै असहयोग नगरेको बताएका छन्।
सोमबार गृहजिल्ला ताप्लेजुङमा आयोजित विरोधसभालाई सम्बमोधन गर्दै नेता भट्टराईले आफू सरकारमा रहुन्जेल प्रधानमन्त्रीको विरोध पनि नगरेको र असहयोग पनि नगरेको बताए।
उनले आफू मन्त्री नियुक्त भएदेखि नै प्रधानमन्त्रीलाई सहयोग गरेको भए पनि प्रधानमन्त्रीले पुस ५ गते देश र जनतालाई धोका दिएपछि सरकारबाट बाहिरिएको बताए।
‘२०७६ साउन १५ गते देखि पुस ५ गतेसम्म सरकारमा बसें। त्यो दिनसम्म मैले प्रधानमन्त्रीको विरोध र असहयोग गरिनँ’, उनले भने, ‘पुस ५ गते नेपाली जनतालाई धोका दिएपछि सँगै बस्न सकिएन। मन्त्रिपरिषद्को बैठकमा यस्तो कदम नचालौंभन्दा ओलीले नमानेपछि सरकारबाट बाहिरियौं।’
नेता भट्टराईते गत निर्वाचनमा आफूलाई ओलीले जिताइदिएको भन्नु बेअर्थको कुरा भएको बताए। ताप्लेजुङ एसअघि पनि एमालेले जित्दै आएको क्षेत्र भएका कारण आफ्नो जित सुनिश्चित रहेको र ओलीले त्यउसमा सहयोग मात्रे गरेको बताए।
‘ताप्लेजुङ तत्कालीन एमालेले जित्दै आएको क्षेत्र हो’, उनले भने, ‘ओलीले केही सहयोग गर्नुभएको हो, ओलीले मात्रै जिताए भन्नुको अर्थ छैन।’
नेता भट्टराई चुनावको लोभमा नफस्न कांग्रेसलाई आग्रह समेत गरे। उनले प्रतिनिधि सभा पुनःस्थापनाका लागि हातेमालो गर्न आग्रह गरे।
उनले नेकपा विभाजित भयो हामी जित्छौँ भन्ने भ्रममा नपर्न समेत आग्रह गरे।
‘नेकपा विभाजित भयो, हामी जित्छौं भन्ने लाग्छ भने बुझ्नु होला, तपाईं कहाँ चुनाव हुन्छ र जित्नु हुन्छ?’, उनले भने, ‘निर्वाचन दुई वर्षपछि हुन्छ, हारजितको फैसला त्यतिबेलै गरौँला।’
प्रतिक्रिया