ad ad

राजनीति


डब्लूइएफमा चिनियाँ राष्ट्रपतिको सन्देशः वैश्विक सहकार्य अपरिहार्य, अहंकारी कदम असफल हुनेछ

डब्लूइएफमा चिनियाँ राष्ट्रपतिको सन्देशः वैश्विक सहकार्य अपरिहार्य, अहंकारी कदम असफल हुनेछ

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:१,

स्वीजरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च डब्लूइएफको सम्मेलनलाई सम्बोधन गर्दै सीले सोमबार कोरोना भाइरसले तहसनहस गरिदिएको विश्वको अर्थतन्त्रलाई उकास्न, आर्थिक गतिविधि बढाउन र देशलाई समृद्ध बनाउन विश्वका हरेक देशले सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन्।

यस्तो जटिल परिस्थितीमा सबै देशले वैचारिक पूर्वाग्रहलाई त्याग्नुपर्ने र सहकार्यमा एकजुट हुनुपर्ने सीको भनाइ छ।

उनी भन्छन्,‘यतिबेला सबैको अस्तित्वलाई सम्मान गरेर आपसी लाभ र दुवै पक्षलाई फाइदा पुग्ने सहकार्य गरिनुपर्छ।’

विश्वका नेताहरुले एकअर्कालाई पछार्ने खेलमा लाग्न नहुने पनि सीको भनाइ छ। उनका अनुसार कुनै पनि देशले कुनै पनि देशमाथि पूर्वाग्रह राखेर अहंकारी कदम चाले त्यो असफल हुनेछ।

कोरोना प्रकोपका बेला चीनले १५० भन्दा बढी देश र १३ अन्तर्राष्टिय संस्थालाई कोरोनाविरुद्ध लड्न सहयोग पुर्याएको र त्यहाँ आफ्ना ३६ स्वास्थ्य टोली खटाएको सीले जानकारी दिँदै भने,‘हामीले यस्तो सहयोगलाई निरन्तर जारी राख्नुपर्छ।’

उनका अनुसार अहिलेको प्रमुख कार्य कोरोना भाइरसलाई पराजित गर्नु र आर्थिक गतिविधिलाई बढाउनु हो।

बिकसित देशले कोरोनाविरुद्धको खोपको वितरणमा सहयोग पुर्याउनुपर्ने र कसैलाई खोपबाट बन्चित हुन नदिन ती देशहरुले मिलेर काम गर्नुपर्ने सीको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .