राजनीति


नागरिक आन्दोलन: कैयौं अभियन्ता घाइते, १२ जनाको बिभिन्न अस्पतालमा उपचार जारी

नागरिक आन्दोलन: कैयौं अभियन्ता घाइते, १२ जनाको बिभिन्न अस्पतालमा उपचार जारी

नेपालखबर
माघ १२, २०७७ सोमबार १५:१३,

प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध सोमबार बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्ने कैयौं नागरिक अभियन्ता प्रहरी लाठीचार्जमा घाइते भएका छन्।

घाइतेमध्ये १२ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तीमध्ये निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी गम्भीर घाइते छन्। वृहत् नागरिक आन्दोलनका अभियन्ता युग पाठकका अनुसार जैसीको सोमबार बेलुकासम्म पनि होस आएको थिएन।

गम्भीर घाइते हुने ६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरु संघर्ष दाहाल, कुमार बर्तौला, सीएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव र प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिंग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भइरहेको पाठकले जनाएका छन्।

Nagarik birodh Magh12

आन्दोलनका बिभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज सोमबार कमलपोखरीबाट मार्चपास गर्दै बालुवाटार पुग्ने र कोणसभा आयोजना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी निर्मम रुपमा दमन गरेको नागरिक आन्दोलनका तर्फबाट पाठकद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

हेरौं विज्ञप्तिको पूर्ण पाठः

nagarikandolan.jpg

यो पनि: 
नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

अब तेस्रो जनआन्दोलन सुरु भयो : नारायण वाग्ले

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad