नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि अमेरिकाको नयाँ प्रशासनका प्राथमिकताबारे जानकारी गराउन नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते कार्यभार सम्हालेपछि उनी नेतृत्वको प्रशासनको प्राथमिकताबारे जानकारी गराउन राजदूत बेरीले नेपाली नेताहरुसँग भेट गरेका हुन्।
‘अमेरिकाका नयाँ राष्ट्रपतीय प्रशासनका प्राथमिकताबारे छलफल गर्नका लागि मैले सुरु गरेको शृंखलाबद्ध भेटघाटका क्रममा आज अध्यक्ष प्रचण्डसँग भेट गरेको छु,’ बेरीले सोमबार भनेका छन्, ‘प्रजातान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्ने, जलवायु परिवर्तनको सामना गर्ने, र महिला र बालिकाहरुको अवस्था संसारभर सुधार गर्ने अमेरिकी प्रतिबद्धतालाई मैले दोहोर्याएको छु।’
उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटी सोहि विषयमा जानकारी गराएका थिए।
— Ambassador Randy Berry (@USAmbNepal) January 25, 2021In my series of meetings to discuss the new US presidential administration's priorities, I met with @cmprachanda. I reiterated the US commitment to strengthening democracies, combating climate change, and uplifting women and girl's rights around the world. pic.twitter.com/kL2XiG1If0
यो पनि :
अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेर बताए राष्ट्रपति बाइडनका यी प्राथमिकता

प्रतिक्रिया