राजनीति


माघ १४ गते ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै गौतम

माघ १४ गते ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै गौतम

नेपालखबर
माघ ११, २०७७ आइतबार ९:७,

नेकपाका उपाध्यक्ष वामदेव गौतमले विभाजित अवस्थामा पुगेको नेकपालाई पुनः एकतामा ल्याउन ‘पार्टी एकता राष्ट्रिय अभियान’ सुरु गर्ने भएका छन्।

उपाध्यक्ष गौतमले माघ १४ गते बुधबारबाट ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको गौतमनिकट नेता हरि पराजुलीले बताए।

‘बुधबार ११ बजे ललितपुरको धोबिघाटको सिद्धार्थ कटेजबाट अभियान सुरुवात हुन्छ’, नेता पराजुलीले नेपालखबरसँग भने। उनले अभियानका बारेमा सबै कुरा सोही कार्यक्रममा घोषणा गर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। गौतमलाई दुवै समूहले उपाध्यक्षमा राखे पनि उनी कुनै समूहमा पनि सक्रिय भएका छैनन्।

विभाजनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका बहुमत केन्द्रीय सदस्यहरुले कारवाही गरेका छन्।

त्यस्तै अर्को समूहको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यको विस्तार गरेर १५ सय १ जनाको बनाएका छन्। दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरे पनि निर्वाचन आयोगले यस विषयमा निर्णय गरेको छैन। केन्द्रको विभाजन जिल्ला तहसम्म पुगेको छ।

विभाजनपछि गौतम कुनै समूहमा नखुल्दा उनीनिकट धेरैजसो स्थानीय तहका नेताहरु नेकपाका दुवै पक्षमा खुलेर लागिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad