राजनीति


कांग्रेस, नेकपा र जसपाले संयुक्त आन्दोलन गर्नुपर्ने बाबुराम भट्टराईको आह्वान, भन्छन्– ‘नत्र खाल्डोमा’

कांग्रेस, नेकपा र जसपाले संयुक्त आन्दोलन गर्नुपर्ने बाबुराम भट्टराईको आह्वान, भन्छन्– ‘नत्र खाल्डोमा’

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १६:२५,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक्लाएक्लै आन्दोलन गरिरहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई संयुक्त आन्दोलन गर्न आह्वान गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सुरु भएको प्रतिगमनविरुद्ध यी तीनै पक्षले छुट्टाछुट्टै सडक आन्दोलन गर्नुको साटो सबैले संयुक्त आन्दोलन गर्नुपर्ने र त्यसो नगरे सफलता हात नलाग्न सक्ने बताएका छन्।

ओलीले देशभित्र र बाहिरसमेत सेटिङ गरेको हुनसक्ने संभावनातर्फ संकेत गर्दै त्यस्तो चुनौतीलाई कम आँक्न नहुने उनको भनाइ छ।

‘ओलीप्रतिगमनविरूद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्, तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं,’ उनले शुक्रबार बेलुका सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .