राजनीति


आमसभा कस्तो हुन्छ भन्ने माघ २३ गते देखाइदिन्छौँ : प्रधानमन्त्री

आमसभा कस्तो हुन्छ भन्ने माघ २३ गते देखाइदिन्छौँ : प्रधानमन्त्री

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १२:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका छन्।

शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिए।

‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।’

उनले प्रचण्ड–नेपालहरुले देशभरबाट केही हजार कार्यकर्ता जम्मा गरेको बताए। ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्’, उनले भने, ‘त्यैपनि खुट्टी हेरेर चाल पाइयो।’

शुक्रबार कार्की ब्याङ्क्वेटमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले २३ गते वृहत जनप्रदर्शन गर्न लागेको जानकारी दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

‘प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन, सबै निर्वाचनको तयारीमा लाग्नुहोस्’, उनले भने।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौँ उपत्यकामा बृहत् प्रदर्शन गरेको हो। प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाल लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad