राजनीति


विप्लव नेकपाका रामेछाप इन्चार्जसहित पाँच नेता पक्राउ

विप्लव नेकपाका रामेछाप इन्चार्जसहित पाँच नेता पक्राउ

नेपालखबर
साउन २०, २०७६ सोमबार १५:२१,

प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ। प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो। ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ।

यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ। प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

यता, झापाबाट पनि सो समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका–२ स्थित बेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ वर्षीय पुकार योञ्जन पक्राउ गरेको हो।

पक्राउ परेका दुवैको साथबाट उक्त समूहका पर्चा, चन्दा रसिदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए। उनका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .