राजनीति


मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले बोलाए बैठक

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले बोलाए बैठक

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ६:३४,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका छन्।

अपरान्ह १ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाइएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गरिएको छ।

‘वरिष्ठ नेता पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुलाई परामर्शका लागि बोलाउनु भएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘बैठकमा अविश्वास प्रस्तावको विषयमा छलफल हुने छ।’

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएका प्रस्ताव पारित गर्न कांग्रेसको साथ अनिवार्य बनेका कारण सबैले कांग्रेसको निर्णयलाई रुचिपूर्वक पर्खिरहेका बेला देउवाले त्यसबारे छलफल गर्न बैठक राखेका हुन्।

सत्तारुढ दल नेकपा विभाजित भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपाका सांसदहरुले बामगतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

आज शुक्रबार हुने प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव सभाको बैठकमा टेबल हुने कार्यक्रम छ।

सभापति देउवाले यसअघि बुधबार प्रदेश नम्बर एकका केन्द्रीय सदस्यहरुसँग सो प्रदेशमा त्यहाँका मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको बारेमा छलफल गरेका थिए।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएका अविश्वास प्रस्ताव पारित गर्न नेपाली कांग्रेसको साथ आवश्यक छ। तर, त्यसबारे कांग्रेसले त्यसबारे निर्णय नगरेका कारण उसले के निर्णय लिन्छ भन्ने अहिले सबैको चासो बनेको छ।

दुवै मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन्।

यो पनि :
बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पास होला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad