राजनीति


प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु, यी नेताहरुले गरिरहेछन् ९ स्थानबाट निस्केको जुलुसको नेतृत्व

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु, यी नेताहरुले गरिरहेछन् ९ स्थानबाट निस्केको जुलुसको नेतृत्व

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ६:१७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गरेको छ।

शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ।

prachanda9gate

ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन्।

prachanda92

जसअन्गर्तत माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, डिल्लीबजारको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले र लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेतलगायतका नेताहरुले गरिरहेका छन्।

prachanda94

 त्यस्तै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्ति वाटिकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेज अगाडिको जुलुसको देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री, वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad