प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बिहीबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको छ।
अहिले रिट निवेदकको पक्षमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरिरहेका छन्।
गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन भएपश्चात् त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमै गर्ने तय भएपछि आइतबारदेखि रिटमाथि निरन्तर बहस सुरु भएको हो।
बुधबार रिट निवेदकको पक्षमा अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए।
बुधबारबाट बहसमा भाग लिने कानुन व्यवसायीलाई आधा घण्टाको समय तोकिएको थियो। त्यस्तै बहसमा न्यायाधीशहरुले कुरा नदोहोर्याई बोल्न भनेपछि बहस छोटिन थालेको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।
प्रतिक्रिया