ad ad

राजनीति


बागमती प्रदेश सभामा कांग्रेसले भन्यो : फुटले लोकतन्त्र कमजोर हुन्छ, नेकपा मिलेर अगाडि बढोस्

बागमती प्रदेश सभामा कांग्रेसले भन्यो : फुटले लोकतन्त्र कमजोर हुन्छ, नेकपा मिलेर अगाडि बढोस्

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:५२,

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले नेकपाका दुवै समूहलाई मिलेर अगाडि बढ्न सुझाब दिएका छन्।

बागमती प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता बानियाँले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताए।

उनले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने भन्दै लोकतन्त्रलाई बलियो बनाउनका लागि दलहरुमा फुट हुन नहुने भन्दै उनले नेकपामा फुट नआइसकेको हुँदा मिलेर अगाडि बढ्न सुझाब दिएका हुन्।

‘हामी तपाईहरुको दल फुटोस भन्न चाहँदैनौँ’, नेता बानियाँले भने, ‘तपाईको दल नफुटोस्, कांग्रेस लोकतन्त्रलाई बलियो बनाउन जनताले दिएको अभिमतलाई अबहेलना नगर्नुहोस भन्न चाहन्छ।’ उनले जनताले कांग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्न मत दिएको भन्दै नेकपालाई मिल्न सुझाब दिएका हुन्।

उनले जनताले विकास र समृद्धिका लागि जनताले मत दिएको भन्दै त्यही अनुरुप काम गर्न सुझाब दिए।

प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .