ad ad

राजनीति


बुधबार बाइडेनले राष्ट्रपतिको शपथग्रहण गर्दै, ट्रम्प उपस्थित नहुने

बुधबार बाइडेनले राष्ट्रपतिको शपथग्रहण गर्दै, ट्रम्प उपस्थित नहुने

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:४०,

तर कार्यकाल सकिन लागेका राष्ट्रपति ट्रम्प भने उक्त शपथग्रहण समारोहमा उपस्थित हुने छैनन्। कारण उनी नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन्।

ट्रम्पले गत जनवरी ८ मा आफूले प्रक्रियागत हिसाबमा जनवरी २० मा सत्ता हस्तान्तरण गर्ने बताए पनि आफू चुनावको परिणामसँग पूर्ण रुपमा असहमत भएको बताएका थिए।

स्थानीय समयअनुसार बुधबार मध्यान्न १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।

बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २५ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको बीबीसीले जनाएको छ।

ट्रम्पका समर्थकले हिंसा भड्काउनसक्ने एफबीआइको चेतावनीपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको हो।

ट्रम्पले चुनावमा धाँधली भएको बताउँदै आएका थिए। धाँधली गरेकै कारण बाइडेनले चुनाव जितेको ट्रम्पको दाबी थियो।

हुलाकबाट गरिएको मतदानमा अवैधानिक मत खसालिएको ट्रम्पको आरोप थियो। यद्यपी बाइडेनको जित उल्ट्याउने हरेक प्रयासलाई त्यहाँका अदालतले प्रमाण नभएको भन्दै असफल बनाएको थियो।

ट्रम्प बाइडेनको शपथग्रहणका बेला फ्लोरिडाको निवासमा हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .